मासु किलोको अठार सयमा बेच्ने आइकालुलाई २ लाख जरिवाना

0

काठमाडौं। खसीको मासु अभाव भैरहेको अवस्थामा मौका छोपी प्रख्यात मासु पसल आइकालुले बढी मूल्यमा बिक्री गरेपछि कारवाही भएको छ।

अनुगमनको क्रममा नयाँ बानेश्वर शंकमुल स्थित आइकालु मासु पसलमा १८ सय रुपैयाँ प्रति किलो खसीको मासु बिक्री गरिरहेको पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो।

शुक्रबार विभागको अनुगमन टोलीले जरिवाना गरेर सञ्चालकलाई भने छोडेको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २ लाख जरिवाना गरिएको हो।

Leave A Reply

Your email address will not be published.