काठमाडौंका यी ठाउँमा चार दिन बिजुली जाने

0

काठमाडौं, ४ चैत । काठमाडौंका पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ। फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडिलगायतका क्षेत्रमा मंगलबार बुधबार, बिहीबार र शुक्रबार दिनभर बिजुली जाने भएको हो।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको स्तरोन्नती कार्य गर्नुपर्ने भएकोले ४, ५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उक्त फिडरअन्तर्गत बिजुली सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकलाई असर पर्ने भएको हो। उक्त कार्य निर्धारितसमय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने समेत प्राधिकरणकी सुचना अधिकार लिला अर्याल बताउनुभयो ।

जागरणले बढाउँदै दक्षिणकालीको पुनःनिर्माण

सरोकार निकायका अधिकारीलाई एकै ठाउँमा डाकी वडाभरका भूकम्पपीडितलाई पुनःनिर्माणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिएपछि काठमाडौँ, दक्षिणकाली नगरपालिका।–८ मा काम तीव्र भएको छ । साविकको छैमले गाविसका अधिकांश तामाङ बस्ती रहेको वडाको पुनःनिर्माणपछि परेका कारण ट्रान्सपरेन्सी इन्टरनेशनल ९टिआइ० नेपालको आयोजनामा गत साउन पहिलो साता पीडितलाई जानकारी दिन सरोकार निकायबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलका सहभागीले भूकम्पले भत्किएको घर पुनःनिर्माणमा जानकारी नै कम भएकाले घर बनाउन नसकेको गुनासो गरेका थिए ।

छलफलपछि टिआइ नेपाल र वडा कार्यालयले सबै पीडितलाई डाकेर साउन तेस्रो साता पुनःनिर्माणसम्बन्धी जागरणमूलक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको प्रभावपछि घर पुनःनिर्माण गर्ने पीडितको सङ्ख्या ह्वात्तै बढेको वडाध्यक्ष राजकुमार लामाङले बताउनुभयो । “भूकम्पले भत्किएका कूल एक हजार २५२ घरमध्ये ६०० भन्दा बढी घर पुनःनिर्माण शुरु भएको छ, नगरपालिकामा सबैभन्दा बढी लाभग्राही यही वडामा छन्, विकट बस्तीसमेत रहेको वडाको पुनःनिर्माणमा नगरपालिकाले पनि ध्यान केन्द्रित गरेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा भूकम्पपीडितले पुनःनिर्माणमा आइपरेका समस्याबारे नगरपालिका, वडा कार्यालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अधिकारीलाई प्रश्न गरी स्पष्ट भएका थिए । कार्यक्रममा अधिकारीले पीडितका प्रश्नको जवाफ दिएपछि घर पुनःनिर्माण गर्ने प्रतिबद्धतासमेत पीडितले जनाएका थिए । साउनअघि नगण्य घर मात्र पुनःनिर्माण शुरु भएको वडामा हाल ५५ प्रतिशतभन्दा धेरै घर बन्न शुरु भएको अध्यक्ष तामाङले सुनाउनुभयो ।

भूकम्पपीडित मङ्गल तामाङ वडा कार्यालय र टिआइ नेपालको सहकार्यमा भएको जनचेतनामूलक कार्यक्रमपछि पुनःनिर्माणका प्रक्रियाका बारेमा स्पष्ट हुँदा काम गर्न सजिलो भएको अनुभव सुनाउनुहुन्छ । टिआइ नेपालले भूकम्प अतिप्रभावित १४ जिल्लामा भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरेको छ । कार्यक्रमले पुनःनिर्माणमा आइपरेका समस्या फुकाउन सहयोग गरेको पीडितले बताएका छन् ।

नगरपालिकामा चार हजार ७६ लाभग्राही छन् । त्यसमध्ये तीन हजार ७८० ले पहिलो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । एक हजार ८८७ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् । एक हजार ५२३ घर पुनःनिर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको एकाइका अनुगमन तथा मूल्याङ्कन विज्ञ राजकुमार पौडेलले जानकारी दिनुभयो । “एकाइमा प्राप्त विवरणानुसार दक्षिणकालीका ३७ प्रतिशत भूकम्पपीडितले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको विवरण प्राप्त भएको छ, नगरपालिकामा पछिल्लो समय कामले तीव्रता पाएको देखिन्छ”, उहाँले भन्नुभयो । वडा नं ८ मा नगरपालिकाका नौ वडामध्ये सबैभन्दा बढी लाभग्राही रहेको सबइञ्जिनीयर पृथ्वीमान श्रेष्ठले बताउनुभयो । वडामा कूल एक हजार २५२ लाभग्राही छन् । वडा नं १ र ९ का ८० प्रतिशत घर बनेको उहाँले सुनाउनुभयो । नगरपालिकामा पनि बजार क्षेत्रको पुनःनिर्माण सुस्त छ ।

“बजार क्षेत्रमा जग्गा कम भएकाले भूकम्पले भत्किएका घर बन्न सकेको छैन, पुनःनिर्माणलाई तीव्रता दिन पछिल्लो समय जिल्ला आयोजना कार्यान्वयन एकाइले आठ जना घुम्ती डकर्मी र दुई जना सामाजिक परिचालक पनि खटाएकाले बढी लाभग्राही भएका वडामा महत्वका साथ पुनःनिर्माण अघि बढाउँछौँ”, उहाँले भन्नुभयो । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लाको पुनःनिर्माण सुस्त छ । उपत्यकाको पनि काँठ क्षेत्रभन्दा मुख्य शहरी क्षेत्रको पुनःनिर्माणमा ढिलाइ भइरहेको एकाइका अनुगमन तथा मूल्याङ्कन विज्ञ पौडेलले सुनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.