झन्डै ४३५ किलोमिटर पैदल हिडेर १२ दिनमा काठमाण्डौ देखि दाङ पुगे ८ जना

0

तुलसीपुर, लकडाउनका कारण देशभर यातायात क्षेत्र अहिले पुर्ण रुपमा बन्द छ । बन्दकारण सवारी साधन नचलेपछि नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा जान समस्या परेका छन् । कतिपय नागरिक विच बाटो मै अलपत्र परेका छन् भने कयौ नागरिक लामो दुरी सम्म पैदल हिड्न बाध्य भएका छन् । कहाँबाट कति जना कहाँ हिडेर गए भन्ने एकिङ तथ्याङक नभएपनि काठमाडौबाट पैदल हिडेर ८ जना दाङ आईपुगेका छन् । उनीहरु पैदल हिडेर केहि दिन अघि दाङ आईपुगेका छन् ।तुलसीपुर र काठमाडौको दुरी झन्डै चार सय चौतिस किलोमिटर रहेको छ ।

तर पनि यति लामो दुरीमा उनीहरु पैदल हिडेर दाङ आईपुगेका छन् । पैदल हिडेर आएको आठ जना मध्ये एक जना तुलसीपुर ५ निवासी ५० वर्षिया मिना बुढाले बताईन् ।आफुहरु मजदुरी गर्न काभ्रे पुगेको बताउदै उनले कोरोना भाईरसका कारण लकडाउन हुदा काम रोकीएपछि पैदल हिडेर घर फर्किएको बताएकी छिन् ।उनले दिएको जानकारी अनुसार दाङ ५ जना, सल्यानका दुई जना र बर्दियाका एक जना गरी आठ जना काठमाडौ देखी पैदल हिडेर आएका हुन् । रात दिन हिड्दा पनि आफुहरु दाङ आईपुग्न १२ दिन लागेको उनले बताईन् ।

आफुहरु राती ११ बजे सम्म हिड्ने र विहान ३ बजे उठेर फेरी पैदल हिड्न सुरु गरेको उनको भनाई छ ।लकडाउनका कारण बाटोमा कहिकतै होटेल तथा पसलहरु नखुलेको हुदा चाउचाउँ र विस्कुट मात्रै खाने गरेको उनले बताईन् । कतिपय ठाउँमा सन्चारकर्मी हरुले समेत नास्ता खान दिएको बताउदै उनले एक ठाउँ प्रहरीले खाना खुवाएको बताईन् । पैदल हिडेकै कारण अहिले हातखुट्टा दुखेर हैरान हुनुको साथै भोकभोक हिड्नु परेको उनको दुखेसो छ । भोकभोकै हिड्दा पुगिदैन की भन्ने लागेको थियो तर मुस्किलले आईपुगेको उनले बताईन् ।

गएको कात्तिकका आफुहरु मजदुरी गर्न काभ्रे भन्ने ठाउँमा गएको उनको भनाई छ ।अहिले लकडाउन हुदा काम रोकिएपछि ठेकेदारले घर जाउँ भनेर भाडा दिएपनि गाडी नपाएपछि आफुहरु कोठामा बसेको उनले बताईन् । तर काठोमा बस्दा भएजतिको सवै पैसा सकेपछि ठेकेदार संग सम्पर्क नभएपछि भोकै बस्नु भन्दा पैदल हिडेर घर आएको उनले बताइकी छिन् । अहिले आफु छोरीको घरमा बसेको र आफु संग खान र बस्नको समस्या भएको भन्दै उनले सहयागको योचना समेत गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.