बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजारनजिक एकैदिन ९८० को मृत्यु

0

काठमाडौं, २९ चैत । यूरोपेली देश बेलायतमा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ९ हजार नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म बेलायातमा कोरोनाका कारण मर्नेको संख्या ८ हजार ९५८ पुगेकाे छ ।

बेलायतमा पछिल्लाे २४ घण्टामा मात्रै ९८० जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म बेलायतमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ९८७ थियाे ।

बेलायतमा अहिलेसम्म ७३ हजार ७५८ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये ३४४ जना पूर्ण रूपमा निको भएका छन् । अरू देशको तुलनामा निको हुनेको संख्या यो एकदमै न्युन रहेको हो ।अहिले बेलायतमा ६४ हजार ४५६ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ५५९ जनाको अवस्था भने गम्भीर रहेको छ ।

बेलायतमा त्यहाँका प्रधानमन्त्री बोरिस जोनसन र राजकुमार चार्ल्सलाई समेत कोरोनाको संक्रमण भएको छ । विश्वभर भने अहिलेसम्म कोरोनाका कारण एकलाख हजारभन्दा बढीको ज्यान गइसकेको छ । १७ लाख संक्रमित भएका छन् ।

Leave A Reply

Your email address will not be published.