रसियामा कोरोना भाइरसको संक्रमण दर दोब्बर

0

एजेन्सी , रसियामा कोरोना भाइरसको संक्रमण पछिल्लो समय द्रुत गतिमा बढ्न थालेको छ। विशेषगरी राजधानी मस्कोमा बढिरहेको संक्रमणले त्यहाँको स्वास्थ्य सेवा प्रणाली भाइरसको प्रकोप उचाइमा पुग्नु धेरै अगाडि नै अभावको स्थितिमा पुग्ने चेतावनी मस्कोका अधिकारीहरूले शुक्रबार दिएका छन्। कोरोना भाइरस कोभिड-१९ को संक्रमितहरू अस्पताल भर्ना हुने दर बितेका सातामा दोब्बर भएको मस्को शहरका एक उपमेयरले बताएका छन्। मस्कोमा मात्रै देशका कुल संक्रमितमध्येका दुई तिहाई संक्रमित रहेको न्यू योर्क टाइम्सले आफ्नो समाचारमा लेखेको छ।

रसियामा हालसम्म १२ हजार वटा कोरोना संक्रमण पुष्टि भएको छ। तर, विशेषज्ञहरूले वास्तविक संख्या सरकारले लुकाएको हुनसक्ने बताएका छन्। कोरोनाको संक्रमण मस्कोबाट ७ सय माइल टाढाको उफामा समेत देखिएको छ। त्यहाँ १७० जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि एक अस्पतालका १ हजार बिरामी र त्यहाँ कार्यरत चिकित्सकलाई अस्पताल नछाड्ने आदेश दिइएको छ। यसैगरी रसियाको कोमी क्षेत्रका कयौं अस्पतालहरूलाई समेत क्वारेन्टाइनमा राखिएको छ।संक्रमित बढ्न थालेपछि मस्कोले गत साता त्यहाँका नागरिकहरूलाई खाना, औषधि वा घर नजिकै कुकुर डुलाउन लाने बाहेकका कामका लागि घर बाहिर ननिस्कन आदेश दिएको थियो।

Leave A Reply

Your email address will not be published.