नातिको विवाहका लागि बेलायत गएका केसीको कोरोनाका कारण निधन

0

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । नातिको विवाहका लागि बेलायत गएका बाग्लुङका कर्णबहादुर केसीको अस्पतालमा कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्यमा एकपछि अर्को समस्या देखिँदै गएपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो। बेलायतमा कोरोनाका कारण ज्यान गुमाएका बाग्लुङका कर्णबहादुर केसी।

खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चलेपछि उनलाई अस्पताल लगिएको थियो । तर उनको कोरोनाबाट मृत्यु भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बताए।

उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन्।

मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए । घटनापछि परिवारका सबै सदस्य आइसाेलेसनमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.