सरकारले गरिबलाई लकडाउनभर खाना उपलब्ध गराएपनि ४५ दिनकी सुत्केरी भोकभोकै

0

महोत्तरी, २९ चैत- संगीता सादा ४५ दिनकी सुत्केरी हुन्। उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ। तर, उनले नुनरोटी पनि खान पाएकी छैनन्। आमाको दूध खान नपाएर संगीताकी छोरी सञ्जना रुन्छिन्।महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहास्थित मुसहर बस्तीमा सुत्केरी आमालाई लकडाउनले सताएको छ। सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन।

राहतमा राजनीति हुँदा प्रदेश २ मा वितरणमा ढिलाइ भइरहेको छ। गरिबलाई दिने राहतको नामावलीमा धनीको नाम समावेश रहेको बर्दिबास नगरपालिका १ का वडाध्यक्षले बताए।चैत १६ गते प्रदेश सरकारले गरिबलाई लकडाउनभर खाना उपलब्ध गराउन गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख उपमहानगरलाई २० लाख, महानगरलाई २५ लाख दिने निर्णय गरेको थियो।

प्रदेश २ को अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रकम पठाइसकेको छ। स्थानीय तहलाई पनि रकम थप्न भनिएको थियो।वडामा तथ्यांक संकलनमै दलका प्रतिनिधिले आफ्ना मान्छे ९सम्पन्न०लाई पारेपछि विवाद चर्किएको छ।निमुखा गरिबका लागि आएको राहतमा धनीले आँखा लगाउँदा संगीताजस्ता सुत्केरीको घरमा राहत पुगेको छैन। प्रदेश २ मा २५ लाख गरिबको संख्या छ।

‘सबैतिर काम बन्द छ। घरबाहिर गयो प्रहरीले लखेट्छ। घरमा अन्न छैन। के खाउँ रु ’ संगीताका श्रीमान् सञ्जय सदाले भने, ‘झन् छोरीलाई खुवाउन कठिन भयो। आमाले खाना खायो भने मात्र नानीले दूध पाउँछ। डेढ महिनाकी छोरी आमाको दूध खान नपाएर चिच्याउँछिन्। सरकारले दिने भनेको चामल–दाल कहिले आउँछ रु ’कोरोना भाइरसको महामारीले लकडाउन भएपछि नहुँदा खानेलाई छाक टार्न धौधौ छ। राजकरण महतोले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.