विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारी

0

काठमाडौं। अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।

यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौं । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है । अनि नेपाल सरकारका लागि तपाईँका केही प्रश्न भए हामीलाई [email protected] वा हाम्रो फेसबुक पेज को मेसेज वक्समा पठाउनुहोस् है ।

Leave A Reply

Your email address will not be published.