तपाईंको यो साता: चैत ३० गतेदेखि वैशाख ६ गतेसम्मको साप्ताहिक राशिफल

0

मेष– पुराना,अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पूरा हुनेछ । धर्म,कर्ममा रुचि एवं सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । रोजगारी एवं व्यवसायमा नयाँ प्रणालीबाट काम शुरु हुनेछ । आम्दानीको श्रोत खुल्ने एवं साथीभाइको सहयोगले आर्थिक क्षेत्र बलियो हुनेछ । गोडा, घुँडाको समस्या एवं आर्थिक लेनदेनमा विवाद आउन सक्नेछ।

वृष – स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवंअपजसको सामाना गर्नुपर्नेछ । जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवं प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । साताको मध्यमा भने काममा प्रगति मिल्ने एवं भाग्यले साथ दिनेछ । साताको अन्त्यमा पदीय जिम्मेवारीको कारणले प्रशंसा मिल्ने एवं पदोन्नतिको सम्भावना देखिन्छ ।

मिथुन – मनोरञ्जनमा बढी मन जानेछ । प्रेममा प्रगति हुने एवंनयाँ मित्रता अगाडि बढ्नेछ । प्रेममा सुख मिल्ने एवं वैवाहिक कुरामा प्रगति हुनेछ । साताको मध्यमा भने कठिनाइ झेल्नुपर्ने एवंअपमानको भय रहन्छ । विद्याध्ययनमा भने कमजोर योग देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवं सामाजिक एवं परोपकार काममा रुचि बढ्नेछ ।

कर्कट – स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवं उपलब्धिमूलक काममा खर्च हुनेछ । वादविवाद एवं प्रतिस्पर्धामा जित हासिल मिल्ने तथा सरकारी काममा जिम्मेवारी रहनेछ । साताको मध्यमा भने खानपिनको मज्जा मिल्ने एवं प्रियजनसँग रमाइलो हुनेछ व्यापार क्षेत्र एवं खाद्यान्न क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सरकारी व्यक्तिले साथ दिनाले रोजगारीको बाटो मिल्नेछ । साताको अन्त्यमा भने, काम बिग्रिने एवं स्वास्थ्यमा समस्या आउनेछ ।

सिंह – विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ । पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवं मातापितासँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने घरबाहिरको काममा रुचि हुने तथा स्वास्थ्यमा प्रगति हुनेछ । साताको अन्त्यमा भने रमाइलो हुने एवंसाथीभाइसँग रमाइलोमा खर्च हुनेछ । नयाँ मित्रता गाँसिने एवंनयाँ दोस्ती शुरुवात हुनेछ ।

कन्या – साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने सन्तानबाट खुशीको खबर मिल्नेछ । व्यवसायमा सामान्य लाभ एवं धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवं पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । धार्मिक रुचि भने बढ्ने एवं साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार तथा काममा खुशी मिल्नेछ ।

तुला – छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवं नयाँ कामको शुरुवात हुनेछ । साताको मध्यमा भने मानसिक अशान्ति बढ्ने एवं मित्रजनबाट सामान्य असहयोग हुनेछ । स्वास्थ्यमा बाधा एवं पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवं वैदेशिक फाइदा मिल्नेछ ।
बोलीबचनको कारणले मित्रता टुट्न सक्ने एवं आर्थिक हिसाबकिताबमा सामान्य विवाद रहनेछ ।

वृश्चिक – मिठो भोजन एवं सामाजिक काममा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठूलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । धनको प्राप्ति हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तन हुने एवं कामको बोझ थपिनेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवं यात्रामा कठिनाइ हुनेछ। साताको अन्त्यमा, घरायसी समस्या बल्झिने एवं शंकाले बाधा गर्नेछ ।

धनु– हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ काममा योजना हुने, पारिवारिक रमाइलो मिल्ने एवं धनको हानि हुनेछ । प्रेममा प्रगति मिल्ने एवंजीवनसाथीको सहयोगले अधुरा काम पूरा हुनेछन् । सामान्य चोटपटकको भय एवं सन्तानको स्वास्थ्यमा कमजोरी रहनेछ ।

मकर– खानपिनमा खर्च बढी हुनेछ । स्वास्थ्य बाधा गर्ने एवं सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा रुचि एवं परोपकार क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । कृषि, पशु, चौपायाबाट आम्दानी हुनेछ । दाजुभाइको सहयोग मिल्ने तथा घरायसी काममा प्रगति हुनेछ । भोजनको गडबडले पाचन शक्तिमा समस्या आउनेछ । साताको अन्त्यमा भने मनोरन्जनको योग रहेको छ।

कुम्भ– व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवं आर्थिक लाभ हुनेछ । तरल पदार्थ, खाद्यान्न व्यवसाय एवं जडिबुटीको कारोबारमा आम्दानी . हुनेछ । साताको मध्यमा भने बढी खर्च हुने एवं अरुले धनको आश गर्नेछन् । लेनदेनमा विवाद आउनेछ । जग्गाजमिन एवं पैतृक सम्पत्तिमा विवादको योग बन्नेछ। रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम मनोरञ्जनमा खर्च बढ्नेछ ।

मीन– राजनीति एवं सरकारी क्षेत्रमा जिम्मेवारी बढ्नेछ । ठूलाबडाले साथ दिने एवं काम र प्रतिस्पर्धामा जस मिल्नेछ । साताको मध्यमा भने आम्दानीको स्तर बढ्ने, धनसम्पत्ति संकलन हुने एवं भोजनको सुख मिल्नेछ । शिर दर्द एवं नाक, कान, घाँटीको समस्याले सताउनेछ । दाजुभाइको स्वास्थ्यमा सामान्य बाधा एवं धार्मिक रुचिकेो योग बन्नेछ ।

Leave A Reply

Your email address will not be published.