चट्याङसहित मेघगर्जन, कतै हावाहुरी, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन ‘लकडाउन’ बसिरहेको बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।महाशाखाले प्रदेश नं. १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो । मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको बताउनुभयो ।तराईका धेरै ठाउँमा अहिले बादल विकसित भइरहेकोले त्यस ठाउँमा पनि सतर्कता अपनाउन महाशाखाका मौसमविद गङ्गा नगरकोटीले आग्रह गर्नुभएको छ ।

अहिले दाङ, कपिलवस्तु र रुपन्देही लगायतका ठाउँहरुमा मेघगर्जनसहित हावाहुरी चलिरहेको छ भने केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ ।महाशाखाले ट्वीटरमार्फत प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । स्थानीय वायुको प्रभावका कारण चट्याङ, मेघगर्जन र हावाहुरीसहितको वर्षा लामो समयसम्म भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।

Leave A Reply

Your email address will not be published.