यस्ताे छ ट्विंकल खन्नाले अक्षय कुमारसँग विवाह गर्नुकाे रहस्य

0

बलिउडकी चर्चित अभिनेत्री हुन् ट्विंकल खन्ना । पछिल्लो समय उनले आफूलाई चलचित्र जगतबाट टाडा राख्दै आएकी छिन् । थुप्रै सफल चलचित्रमा काम गरिसकेकी ट्विंकल हिजोआज लेखन जगतमा आफ्नो नाम स्थापित गर्न लागिरहेकी छिन्।

थोरै चलचित्रमा काम गरे पनि उनी सधैँ चर्चामा रहने गरेकी छिन्। उनले हालसम्म १४ वटा मात्र हिन्दी चलचित्रमा काम गरेकी हुन्। बरसात, बादशाह, जब प्यार किसी से होता है, इतिहास, मेला, लव के लिए कुछ भी करेगालगायत उनका सफल चलचित्रहरुमा गणना हुने गरेको छ।

सन् १९९५ मा हिन्दी फिल्म उद्योगमा प्रवेश गरेकी ट्विंकलले सन् २००१ मा बलिउडका अभिनेता अक्षयकुमारसँग लगनगाँठो गाँसेकी थिइन्। उनलाई कारण जोहरको ’कुछ कुछ होता है’ मा जुन रानी मुखर्जीले गरेको भूमिका अफर भएको थियो ।

उनले त्यस चलचित्रलाई अस्वीकार गरेपछि उक्त रोल रानी मुखर्जीले पाएकी थिइन्। उनको र अक्षयको विवाहबारे बोल्दै उनी भन्छिन्, ’मैले मेला फिल्म फ्लप भएपछि मात्र अक्षयकुमारसँग विवाह गरेकी हुँ’ ।

यसअघि उनीहरुको दुईपटक इन्गेजमेन्ट भइसकेको थियो। जब अक्षयले ट्विंकलसामु विवाहको प्रस्ताव राखे त्यतिबेला ट्विंकलको मेला भन्ने फिल्म आउने क्रममा थियो ।

साथै, उनी विश्वस्थ थिइन् कि उक्त चलचित्रले सफलता हाँसिल गर्छ भन्ने । जसअनुरुप उनले अक्षयसँग एक प्रस्ताव राखेकी थिइन्। यदि चलचित्र असफल भएको खण्डमा मात्रै आफू वैवाहिक सम्बन्ध गाँसिने शर्त खन्नाको थियो। अन्ततः चलचित्रले खासै सफलता हाँसिल गर्न सकेन र उनी अक्षयसँग विवाह वन्धनमा वाँधिएकी हुन्।

Leave A Reply

Your email address will not be published.