नेपालमा फेरी बढ्ला ‘लकडाउन’ ?

0

काठमाडौं। कोरोना फैलन नदिन सरकारले लकडाउनको अवधि अझै लम्ब्याउने संकेत गरेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना फैलिने क्रम नरोकिनु, कोरोना लागेकामा पनि लक्षण देखिन समय लाग्नु जस्ता विषयलाई ध्यानमा राखेर सरकार फेरी लकडाउन बढाउने मनस्थितिमा देखिएको छ । सरकारले अब कम्तिमा अर्को १० दिन लकडाउन लम्ब्याएर विस्तारै खुकुलो पार्ने गरी रणनीति तय गरेको बुझिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पनि अबको १५ दिन कोभिड(१९ वि रु द्ध निर्णायक ल डा ईं हुने बताइ रहेका बेलामा सरकारले पनि सोही अनुसारको रणनीति बनाउने बुझिएको छ । सरकारले लकडाउन दोस्रोपटक थपेर वैशाख ३ सम्मलाई घोषणा गरेको थियो । अब त्यो अवधि सकिने समय हुन लागेको छ ।

त्यसैले लकडाउनका विषयमा थप निर्णय गर्न सरोकारवालाहरुसंग परामर्श भइरहेको बुझिएको छ । कतिपयले भारतले गर्ने निर्णय र भारतमा कोरोनाको अवस्थालाई पनि लिएर नेपालले लकडाउनका विषयमा निर्णय लिनुपर्ने सुझाव पनि दिएका छन् । त्यसैले अब यसलाई कम्तिमा १० दिन लम्ब्याएर कोरोना भाइरसको सं क्रम ण मुक्त अवस्था बनाउने लक्ष्य लिएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा चार हजारभन्दा बढीको कोभिड १९ टेष्ट भइसकेको छ । रयापिट टेष्टहरु पनि नगर नगरमा भइरहेका छन् । यो क्रम अझै दुई हप्ता लाग्ने पनि चिकित्सकहरुले बताएका छन् । त्यसरी गरिएको परिक्षणमा पनि राम्रो नतिजा आएमा लकडाउन खुकुलो बनाउनुपर्ने डा देवकोटाको सुझाव छ । उनले भने, ‘यो फेजको चेकजाँच सकिएपछि परिणाम हेरेर लकडाउन लम्ब्याउने, नलम्ब्याउने भन्ने त्यसपछिको रणनीति तय हुन्छ ।’

१० दिनभित्र रयापिट टेष्ट र शंकास्पद विरामीको टेष्ट सकिसक्ने गरी काम भइरहेको डा देवकोटाले बताएका छन् । कतै कुनै कोरोना सं क्र मित लुकेर बसेको छन् भने पनि पत्ता लगाउने गरी काम भइरहेको उनले बताए ।

नेपालमा अहिलेसम्म ९ जनामा मात्र कोरोना पुष्टि भएको छ । जस मध्य एक जना निको भएर घर फर्किसकेका छन् । बितेको केही दिन नयाँ विरामी पनि भेटिएका छैनन् । शंकास्पद विरामीलाई आइशोलेशनमा राखिएको छ । कोरोना पुष्टि भएकाहरुको स्वास्थ्यमा पनि स म स्या देखिएको छैन । उनीहरु पनि अब केही दिनमै घर फर्कन सक्ने चिकित्सकहरुले बताइसकेक छन् ।

उनीहरुलाई दुई हप्ताको साटो २१ दिन राखेर उपचार भइरहेको छ । नयाँ रोगी नभेटिएमा सरकारले लकडाउन खोलेर विदेशबाट आउनेहरुलाई कम्तिमा २१ दिन आइशोलेशनमा या क्वारेन्टाइनमा राखेर निगरानी गर्ने तयारी गरेको छ । विमानस्थल वैशाखभर बन्द गरेर भएपनि आन्तरिक रुपमा कोरोना मुक्त अवस्था सृजना गरिने गरी तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.