अमेरिकाबाट झुटो भिडियो यूटुबमा राखेर नेपालीलाई झुक्याउने युवालाई घरबेटीले समाते, त्यसपछि दिए यस्तो प्रतिक्रिया (भिडियो)
काठमाडौं । गत चैत्र २८ गते अमेरिका बस्ने एक नेपाली युवाले फेसबुक लाइभ गरे पछि उक्त भिडियो सामाजिक संजाल तथा युटुबमा भाइरल बन्यो ।अमेरिका बाट एक नेपाली युवाले सडकमा कार पार्किंग गरेर कार भित्रै बसेर आँफु अलपत्र परेको भन्दै आँसु झार्दै गरेको भिडियोले सबैलाई चिन्तित पनि बनायो । उक्त युवाले आँफुलाई कोरोना लागेको भन्दै जागिरबाट पनि निकालेको कसैले सहयोग नगरेको भन्दै लाइभ आएका थिए । घरबेटीले पनी निकाले पछि अलपत्र परेर कारमा बसेको अबस्थामा लु’टेराहरुले बन्दु’क देखाएर भएको अलिअलि खानेकुरा चामल पनी लगेकोले अब बाँच्ने कुनै बिकल्प नरहेको भन्दै सबैलाई सहायो गर्न अपिल गरेका थिए ।
आपत पर्दा कसैले हेरेनन् बरु पाकिस्थानिले हेर्यो भन्दै सिरको ढाकाटोपी झिकेर भक्कानिएको भिडियोले सामाजिक संजाल तताएकै बेला त्यसको एकदिन पनी बित्न नपाउंदै उक्त युवक भाडामा बस्ने घरका घरबेटी पुस्कर पन्त फेसबुक लाइभमा आएर उसले बोलेको सम्पूर्ण कुराहरु झूठ भएको बताएका छन्। पुस्कर पन्त अर्थात घरबेटीले भनेका छन् पिडित हुँ भन्ने उक्त युवा आफ्नै घरमा बसेको छ ।
हरेक दिन जागिर जान्छ आउँछ तर किन यस्तो बोल्यो रु किन सारा नेपालीको बदनाम गराउन खोज्दै छ थाहा छैन, पुस्करले लाइभमा भनेका छन् । उक्त युवाको कुनै सामान नहराएको सम्पूर्ण सामान सुरक्षित रहेको बताउंदै घरबेटी पुस्करले सो सामान र उसको कोठाको भिडियो पनी प्रमाणको लागि खिचेर राखेको फेसबुक लाइभमा भनेका छन् ।
सोहि लाइभमा घरबेटी पुस्कर पन्तले उक्त युवाले काम गर्ने ठाउँमै गएर किन झूठ बोलेको भनि सोधिएको प्रश्नमा उक्त युवाले आँफुलाई डर लागेकोले लाइभमा आएर बोलेको बताएका छन् । आँफुले बोलेको कुराले कसैलाई चोट पुगेमा क्षमा चाहन्छु भन्दै युवाले फेसबुक लाइभ नगर्न अनुरोध गरेको उक्त भिडियोमा देख्न सकिन्छ । स्मरण रहोस उक्त युवा अमेरिकाको भर्जिनिया स्थीत पुस्कर पन्तको घरमा भाडामा बस्दै आएका छन् ।