बागलुङमा चट्याङ लागेर २६ वर्षीय शङ्करको मृत्यु

0

काठमाडौ, चैत २९ – बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर उनिसँगै २० वर्षीय रेश्मी भट्ट घाइते हुनुभएको छ । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।

Leave A Reply

Your email address will not be published.