अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो, संक्रमित ५ लाख ३२ हजार !

0

काठमाडौँ, ३० चैत । संयुक्त राज्य अमेरिकामा कोभिड- १९ (कोरोनाभाइरस) का कारण ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । शनिबार मात्रै त्यहाँ १८ सयबढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २० हजार ५७७ को मृत्यु भइसकेको छ । पछिल्लो केही दिनयता २ हजार हाराहारी मृत्यु हुँदै आएको अमेरिकामा शनिबार पनि १८ सय ३० जनाको ज्यान गएको वल्र्डोमिटर्सको तथ्यांकले देखाउँछ ।

पछिल्लो केही दिनयता त्यहाँ दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका छन् । शनिबार पनि एकै दिन ३० हजार ३ नयाँ बिरामी थपिएका छन् । यससँगै कोभिड १९ का कुल संक्रमित ५ लाख ३२ हजार ८७९ पुगेको छ । ३० हजार ३५३ जना भने निकाे भइसकेका छन् ।

शुक्रबार मात्र अमेरिकामा हालसम्मकै सर्वाधिक २ हजार ३७ जनाकाे काेराेनाका कारणा मृत्यु भएकाे थियाे । शुक्रबार ३३ हजार ४८३ जना नयाँ संक्रमित फेला परेका थिए ।

तीन राज्यमा मात्रै १२ हजारकाे मृत्यु अमेरिकाकाे सबैभन्दा बढी प्रभावित न्यूयाेर्क सहित ३ राज्यमा मात्रै काेराेनाबाट १२ हजार बढीकाे मृत्यु भइसकेकाे छ ।

याे समाचार तयार पार्दासम्म न्यूयाेर्कमा मात्रै ८ हजार ६२७ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ शनिबार एकै दिन ७८३ जनाकाे मृत्यु भएकाे छ भने ८ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् । यससँग कुल संक्रमित संख्यामा न्यूयाेर्क विश्वका अन्य देशभन्दा पनि अगाडि पुगेकाे छ । त्यहाँ हालसम्म १ लाख ८१ हजार १४४ जनामा संक्रमण फैलिसकेकाे छ ।

यसैगरी न्यूजर्सी राज्यमा मात्रै २ हजार १८३ जनाकाे मृत्यु भएकाे छ । त्यहाँ पनि मृतक संख्या बढ्दै गएकाे छ । शनिबार मात्र त्यहाँ काेराेनाबाट २५१ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार ५६३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित ५८ हजार १५१ पुगेकाे छ ।

अर्काे बढी प्रभावित राज्य मिसिगनमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ हजार ३९२ पुगेकाे छ । १११ जनाकाे मृत्यु पछिल्लाे २४ घण्टामा मात्रै भएकाे हाे । यसरी बढी प्रभावित तीन राज्यमा मात्रै काेराेनाबाट १२ हजार २०२ जनाले ज्यान गुमाइसकेका छन् । हेर्नुहाेस् सबैभन्दा बढी प्रभावित १५ राज्यकाे अवस्था-

Leave A Reply

Your email address will not be published.