भारतमा कोरोनाबाट मर्नेको संख्या २८८ पुग्यो, संक्रमित संख्या साढे ८ हजार

0

काठमाडौं, ३० चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या शुक्रबारको तुलनामा शनिबार बढेको छ । शनिबार एकैदिन भारतभरि ३९ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या २८८ पुगेको छ ।

भारतमा शनिबार एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या ८ हजार ४४६ पुगेको छ ।

शुक्रबार एक दिनमा ८७५ जनामा नयाँ संक्रमण देखिएको थियो । तर मृत्यु हुनेको संख्या भने बिहीबारको तुलनामा शुक्रबार निकै कम थियो । शुक्रबार त्यहाँ २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने बिहीबार ४९ जनाको मृत्यु भएको थियो ।

भारतमा हाल ९६९ जना उपचारपछि निको भएको वल्र्डोमिटर्सको तथ्यांकले देखाएको छ । हाल ७ हजार १८९ जनामा कोरोना सक्रिय छ र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.