बुद्ध लामाले भगाए खत्रीकी छोरीलाई, भयो यस्तो हंगामा

0

काठमाण्डौ । गायक बुद्ध लामाले आफ्ना सहकर्मी केवीका खत्रीलाई सबैको अगाडीबाट नै आफ्नै काँधमा बोकेर भगाएका छन् । उनले डान्सिङ्ग विड द स्टारसको मञ्चबाट आफ्ना कोरियोग्राफर एवं सहकर्मी केवीका खत्रीलाई काँधमा बोकेर भएका हुन् । तामाङ्ग सेलो गीतमा नाच्ने क्रममा गायक लामाले जब केवीकालाई भगाउनकोलागी आफ्नो काँधमा बोके तब तालीले मञ्च नै गर्जिएको थियो ।

‘माथिमाथि गुँरास फुल फुल्यो तलतल बेसीमा धान झुल्यो’ बोलको तामाङ्गसेलो गीतमा गायक लामाले आफ्नो प्रस्तुती दिएका थिए । उक्त प्रस्तुतीकालागी उनलाई उनलाई कोरीयोग्राफर केवीकाले तयार गरेकी थिईन् । बुद्ध र केवीकाको उक्त प्रस्तुतीलाई सबै जजहरुले राम्रो कमेन्ट गरेका थिए ।

जजका रुपमा रहेका दिपिल रायमाझिले त बुद्धलाई देखेर आफुलाई आरिस लागेको बताएका थिए । जज रायमाझिले एउटै मान्छेलाई यति धेरै प्रतिभा भगवान कसरी दिन सक्छन् ? भन्दै बुद्धको बहुप्रतिभाको खुलेरै तारिफ गरेका थिए । उनले बुद्धले गायन क्षेत्रमा सबैलाई गीत गाउन सिकाएको र अब डान्समा पनि बुद्धले डान्स कसरी गर्ने भनेर सिक्दै गरेको कुरामा राम्रो कमेन्ट गरेका थिए ।

त्यसैगरी अर्का जजको रुपमा रहेकी गौरी मल्लले बुद्धको नाच र नाचकै क्रममा तामाङ्गसेलो गीतमा केवीकालाई भगाएको देख्दा आफु विगतमा गएको बताएकी थिईन् । जज मल्लले पहिला पहिला आफ्हरुले पनि तामाङ्गसेलो गीतमा नाच्दा यसरी गरी आफुहरुलाई पनि काँध राखेको कुराको सम्झना गर्दै निकै सुन्दर प्रस्तुती भनेकी थिईन् ।

अथिती जजको रुपमा रहेकी कलाकार बसुन्धरा भुसालले भने तामाङ्गसेलो गीतमा शिरफुल लगाईँदैन भन्दै यस्ता सांस्कृतिक गीतहरुमा प्रस्तुती दिंदाखेरी कोरियोग्राफरले साना साना कुरामा ध्यान दिन आवश्यक रहेको बताएकी थिईन् । त्यसैगरी जजकै रुपमा रहेकी अर्का जज रिनिसाले पनि बुद्धको प्रस्तुतीलाई राम्रै प्रतिकृया दिएकी थिईन् ।

Leave A Reply

Your email address will not be published.