यी हुन् विश्वकै धनी युवास्टार

0

एजेन्सी । विश्वकै धनाढ्यहरूको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले हालै युवा अर्बपति स्टारहरूको नाम सार्वजनिक गरेको छ । यो सूचीमा टेलिभिजन स्टार काइली जेन्नर पहिलो स्थानमा पर्न सफल भएकी छन् ।

काइली गत वर्ष पनि धनाढ्य युवा अर्बपति स्टारको सूचीमा पहिलो स्थानमा नै रहेकी थिइन् ।

काइली गत वर्ष पहिलो पटक अर्बपतिको सूचीमा परेकी थिइन् । गत वर्ष उनको कुल सम्पत्ति ९० करोड डलर थियो । उनी टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन् । हाल उनको कुल सम्पत्ति एक सय करोड डलर रहेको छ ।

यो सुचीमा विश्वभरका दुई हजार ९५ अर्बपतिमध्ये ३० वर्षभन्दा तलको उमेरका युवा १० जना मात्र अटाएका छन् ।

Leave A Reply

Your email address will not be published.