अमिताभ बच्चनको सुपरहिट फिल्म ‘शेहेन्शाह’को रिमेक बन्ने

0

काठमाडौँ, ३० चैत । बलिउड अभिनेता अमिताभ बच्चनको सुपरहिट फिल्म शेहेन्शाहको रिमेक बन्ने भएको छ । सन् १९८८ मा बनेको यो फिल्म आज पनि उत्तिकै चर्चामा रहेको छ । अमिताभलाई यस फिल्मले नयाँ परिचय दिन समेत सफल भएको थियो ।

टिनु आनन्दले निर्देशन गरेको यो फिल्मको रिमेक बनाउने तयारी भइसकेको मिडिया रिपोर्टमा उल्लेख छ । तर, यसको आधिकारीक पुष्टि भने भएको छैन ।

यो फिल्मको रिमेकका लागि रणवीर सिंहको नाम अगाडि आएको छ ।

टिनु आनन्दले पनि यो फिल्मको रिमेक बनाउने तयारी भएको बताएका छन् तर, यो महामारीपछिमात्र यस फिल्मबारे सोचिने उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.