कतारमा रहेका धनबहादुर दु:खी हुँदै भन्छन् : २ पटक टिकट क्यान्सिल भैसक्यो ! नेपाल आएर परिवारको साथ बस्न मन छ

0

नमस्कार साथीहरु मेरो नाम धनबहादुर लिम्बु हो । म हाल कतारको अबु नख्लहा भन्ने ठाउँमा छु । म सामन्य अवस्थामा रहेको छु । केहि साथीहरुलाई भने कोरोनाको आशंका गरेर हामिद अस्पताल (यहाँको सरकारी अस्पताल ) लगिएको थियो तर भाग्यवश उनीहरुमा संक्रमण नरहेको पाईयो ।

मार्च १४ तारिक अर्थात चैत १ गते शनिवार म नेपाल जानको लागि टिकट लिएको थिए तर कोरोनाको कारणले गर्दा मेरो नेपाल आउने सपनामा धक्का लाग्यो ।

यहाँको जनजीवन कष्टकर छ । दूई सातादेखि क्याम्प भन्दा बाहिर जान पाएको छैन । अब दुई हप्ता कडा गर्ने भनेर सरकारले भनेको छ । घर जाने भएकाले १३ दिनदेखि मैले काम छाडेर बसेको थिए । काम पनि तितर बितर भएको छ । कहिले को विरामी कहिले को गर्नाले कुन समयमा आफ्नो ड्युटी पर्ने हो टुङ्गो हुँदैन ।

डिउटी पनि असामन्य अवस्थामा छ । कम्पनीमा विहान ईन्ट्रीहुँदा ज्वरो नाप्छ । एम्बुलेन्स तयारी अवस्थामा राखेको हुन्छ । धेरै ज्वरो देखिएमा तत्काल अस्पताल लान्छ र सामन्य रुघाखोकी मात्र छ भने पनि बेग्लै कोठा बनाएर राख्छ ।

नियमित उपचारमा लान्छ र कोरोना नभएको पृष्टी भएमा काममा ल्याउने गर्छ । आउने बेलामा पनि पुरा चेक गर्छ । गाडीमा पनि स्प्रे छर्केर मात्र चलाउन दिएको छ । आफ्नो कोठा भन्दा बाहिर निस्कन दिएको छैन । खाद्य पदार्थहरुको जोहो खासै गरेको छैन । अब १५ दिन यस्तै भयो भने हाम्रो अवस्था नाजुक हुन्छ ।

धेरै साथीहरुको टिकट क्यान्सिल भएर तनावमा बसेका छौ । संकटको बेलामा आफ्नै देशमा आफ्नै परिवारको साथमा बस्ने मन हुदो रहेछ । फेरी नेपालमा कोरोना भाईरस छैन भन्ने हल्लाले गर्दा पनि हामी नेपाल फर्कन चाहेका हौं । कतारमा कोरोना संक्रमण भेटिएको थाहा भएपछि नेपाल फर्कने टिकट गरेको थिएँ । पछि नेपाल आउने टिकट रद्ध भएपछि मेरो मुटु भारी भयो । टिकटको डेट सार्नुहोस त्यसको पैसा लाग्दैन भन्ने खबर ट्राभल्सबाट पायौ त्यसपछि मैले डेट सारेर २९ तारिकलाई बनाए तर बुधवारबाट अन्तराष्ट्रिय उडान बन्द हुने भनेकाेले मेराे नेपाल फर्कने सपना दाेस्राे पटक भताभुङ्ग हुने हाे कि भनेर डर लागिरहेकाे छ ।

डर र त्रासकाे जीवन विताईरहेकाे छु । विरामीहरु बढेकाे बढै छ । हामी डराएका छाै । आफ्नै पैसाले आफ्नाे देश फर्कन चाहन्छाै । हामी संक्रमण लिएर आउँदैनाै र त्यस्ताे लाई यहाँ बाट पठाउदैन पनि । तपाई पनि नेपाली हामी पनि नेपाली हामीसँग नडराउनुहाेस । हामी जानी जानी संक्रमण लिएर आउदैनाै र नेपाल आउन पाए आफै सेल्फ क्वारेन्टाईनमा बस्छाै । अनुशासित हुन्छाै तर हामीलाई नेपाल आउने वातावरण बनाईदिनुहाेस ।

Leave A Reply

Your email address will not be published.