यस वर्षका चर्चित बलिउड फिल्म

0

मुम्बई : एकै वर्ष हजारौं फिल्म निर्माण हुने बलिउडमा टप टेन फिल्मको सूची बनाउने काम अपजसी हो। टाइम्स अफ इन्डिया म्यागजिनले फिल्मको प्रभावकारितालाई ‘पाँच स्टारमा’ मूल्यांकन गरेको छ। यहाँ समीक्षा र रेटिङको आधारमा उत्कृष्ट ठहरिएका फिल्मको सूची दिइएको छ। लकडाउनको समयमा कुन फिल्म हेर्ने भनेर अलमलमा रहेका दर्शकले यी फिल्म हेरेर मनोरञ्जन लिन सक्नेछन्।

बाला आयुष्मान खुराना, भूमि पेडनेकर, यमी गौतम अभिनीत फिल्म ‘बाला’ मा कपालको समस्या देखाइएको छ। यो फिल्म कम उमेरमा कपाल झर्ने समस्या भएकाहरूको जीवनमा आधारित छ। बालाको कथाले दर्शकलाई जोडिराख्छ, आयुष्मानको अभिनय यसमा उत्कृष्ट छ। यसलाई समीक्षकले चार स्टार दिएका छन् भने दर्शकले चार दशमलव एक स्टार दिएका छन्।

गुड न्युज राज मेहताले निर्देशन गरेको फिल्म गुड न्युजका मुख्य कलाकार अक्षय कुमार, करिना कपुर, दिलजित दोसाँझ, कियारा अड्वाणी रहेका छन्। सन्तान प्राप्तिका लागि संघर्षरत दुई जोडीको कथा फिल्मले बोकेको छ। यो फिल्म प्रस्तुति र मनोरञ्जनात्मक हिसाबले उत्कृष्ट मानिएको छ। यसले समीक्षकबाट पाँच स्टारमा चार स्टार पाएको छ। दर्शकले भने यसलाई तीन दशमलव नौ रेटिङ दिएका छन्।

सेक्सन ३७५ रिचा चड्डा र अक्षय खन्नाको मुख्य भूमिका रहेको यो फिल्मलाई एक दुस्साहास भनिएको छ। यसमा जटिल मुद्दासँग लडाइँ देखाइएको छ। फिल्मले महŒवपूर्ण बहस छेडेको छ। यो फिल्मलाई समीक्षक र दर्शकले चार स्टार दिएका छन्।

आर्टिकल १५ आयुष्मान खुरानाको मुख्य अभिनय रहेको आर्टिकल १५ ‘क्राइम थ्रिलर’ फिल्म हो। यो फिल्ममा डगमगाउँदो कदम अनि उत्तेजनाको नतिजा, समाजमा व्याप्त तर नदेखिएको सामाजिक मुद्दा देखाइएको छ। यो फिल्मलाई समीक्षकले चार र दर्शकले चार दशमलव दुई स्टार दिएका छन्।

केशरी इतिहाससँग जोडिएको फिल्ममा अक्षय कुमार र परिणिती चोपडाको मुख्य भूमिका छ। केशरी युद्धमा आधारित एक्सन फिल्म हो। यो फिल्मलाई समीक्षकले चार स्टार दिएका छन् भने दर्शकले चार दशमलव चार रेटिङ दिएका छन्। माथि चर्चा गरिएका फिल्मबाहेक हामिद, गली ब्वाई, उरी, मरदानी २, पानीपत, पति पतीन और ओ, द स्काई इज पिंकलगायतका फिल्म बलिउडका उत्कृष्ट फिल्म हुन्।

Leave A Reply

Your email address will not be published.