वैशाख ३ गतेपछि यस्तो छ आवतजावतको तयारी !
काठमाडौं । वैशाख ३ सम्म धैर्य हुन सर्वसाधारणलाई प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले अपिल गरेका छन्। फेसबुकमार्फत् उनले वैशाख ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरेर आवातजावात खोल्ने सकिने उल्लेख गरेका छन्।
‘३ गतेसम्म जो जहाँ छौं त्यहीँ बसौं, समस्या भए वडा कार्यालयमा खबर गरौं,’ मुख्यमन्त्रीले लेखेका छन्, ‘३ गतेपछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ।’
मुख्यमन्त्री पोखरेल कै दबाबमा सरकारले चैत २८ र २९ गते काठमाडौं उपत्यकाबाट बाहिर जान दिने निर्णय रद्द गरेको थियो ।