बलिवुडका चर्चित निर्माताका दुवै छोरीमा कोरोना संक्रमण

0

मुम्बई । बलिवुडका चर्चित फिल्म निर्माता करीम मोरनीका दुवै छोरी कोरोनाको संक्रमण पुष्टि भएको छ ।मुम्बईको जुहूमा बस्ने करीमका दुवै छोरी जोआ मोरानी र शजा मोरानीको कोरोना टेस्ट पोजेटिभ आएपछि जुहू इलाकामा नै हडकम्प मच्चिएको थियो ।

मुम्बईको जुहू क्षेत्रमा पहिलो पटक कोरोनाको संक्रमण देखिएकाले प्रहरीले तुरुन्तै सो क्षेत्रलाई सिल गरेको थियो । शजालाई पहिला कोरोना पोजेटिभ देखिएको थियो तर जोआमा कुनै लक्षण नदेखिदा पनि टेस्टमा पोजेटिभ देखिएपछि दुवैलाई अहिले नानावती अस्पतालको आइसोलेसनमा राखिएको छ ।

दुवै छोरीलाई कोरोना पोजेटिभ देखिएपछि अहिले परिवारका अन्य सदस्यपनि आइसोलेसनमा रहेको बताइएको छ ।

मोरानी बलिवुडका चर्चित निर्माता हुन् । उनले शाहरुख खानसँग मिलेर दिलवाले, चेन्नई एक्सप्रेस, रा वान जस्ता फिल्म निर्माण गरेका छन् ।

बलिवुडकी गायिका कोनिका कपुर कोरोना संक्रमित हुने पहिलो सेलिब्रेटी हुन् । उनी लखनउमा उपचार गरेर ठिक भएर घर फर्किएकी छन् ।

Leave A Reply

Your email address will not be published.