नयाँ वर्षको उपलक्ष्यमा आज ६ बजेदेखि सांगीतिक कार्यक्रम हुँदै

0

काठमाडौँ । ‘आइएमई पे’ले नयाँ वर्षका अवसरमा सामाजिक सन्देश सहितको सा‌ंगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आइतबार साँझ छ बजेदेखि नौं बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुने भएको हो।

नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ।

प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन्।

मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्र्घन गर्ने कम्पनीको भनाइ छ।

Leave A Reply

Your email address will not be published.