सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

0

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

यदि तपाईलाई निद्रा लाग्दैन भने रातको नौ बजेपछि यी गल्ती गर्न हुन्नः राति आठ बजेपछि खाना खानु राम्रो हुन्न । त्यसले निद्रा भगाउँछ । यदि तपाईं नौ बजेपछि डिनर गर्न बाध्य हुनुहुन्छ भने सुप, सलाद खानुहोस्, तेलमा पकाइएको वा फ्राई गरिएको खानेकुरा नखानुहोस् ।

राति सुत्नुअघि पढ्ने बानी धेरैको हुन्छ । त्यसमा पनि केही व्यक्ति त गम्भीर विषयबारे पढ्छन् । तर, अनुसन्धानकर्ताले पत्ता लगाएका छन्, राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नुभन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ ।

क्याफिनको असर सीधै निद्रामा पर्छ । ‘एक्सपर्ट’हरू भन्छन्, साँझ खाना खाइसकेपछि कफी पिउने बानी अत्यन्त नराम्रो हो । त्यसले कैयौँ घन्टासम्म निद्रा लाग्दैन । यदि यस्तो बानी छ भने जतिसक्दो छिटो छोड्नुपर्छ ।

साँझ खाना खाइसकेपछि टिभी हेर्ने वा फिल्म हेर्ने धेरैको बानी हुन्छ । टिभी नहेर्नेहरू ल्यापटप खोलेर इन्टरनेट चलाउन पनि थाल्छन् । यस्तो गर्नु कदापि ठीक हुनै सक्दैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ ।

डिनरपछि परिवारसँग बहस गर्नु पनि सान्दर्भिक होइन । गम्भीर विषयमा साँझमा छलफल पनि गर्न हुन्न भन्ने पनि छ । साँझ खानापछि परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।

Leave A Reply

Your email address will not be published.