दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् , बिष बन्छ

0

एजेन्सी । दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छन । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हड्डी बलियो बनाउँछ ।

तर दूधसँग गलत खानेकुरा खानुभयो भने त्यसले विषको काम गर्छ । दूधसँग के के खानु हुदैन त रु यहाँ उल्लेख गरिएको छ, सुन्तला, अंगुर र कागती दूध पिउनेबित्तिकै केही मानिस सुन्तला वा कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूध फटाइदिन्छन् ।

यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ । मासु दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ ।

पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ । माछा माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ । नून दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् ।

यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् ।

Leave A Reply

Your email address will not be published.