कपाल बाक्लो, कालो र चम्किलो बनाउन…

0

अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क दिएको बहुगुणी फल पनि हो । अमला नियमित खानाले आँखाको ज्याति बढाउँछ, दिमाग तेज गराउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । यति मात्रै होइन, अमलाका अन्य धेरै फाइदाहरु पनिछन्ः

– अमलाले आँखाको ज्याति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिदैन ।

– अमलाको सेवनले निन्द्रा नलाग्ने समस्या हटेर जान्छ ।

– अमलाले ब्लडसुगर नियन्त्रण गर्छ ।

– अमला खाँदा कब्जियत, अपच, डायरियाजस्ता समस्या हटेर जान्छ ।

– यसको नियमित सेवनले स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ ।

– अमलामा पानीको मात्रा पनि हुन्छ । यसले पिसाब सम्बन्धी समस्या हटाउँछ ।

– अमलाले आवश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान्छ ।

– यो फल खाने हो भने रो प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन, मिनरल्स, लगाएत विभिन्न पोषक तत्व हुन्छन् । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ ।

– अमला कपालका लागि अति नै फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ ।

Leave A Reply

Your email address will not be published.