भाटभटेनीद्वारा खानेपानी मन्त्री मगरमार्फत सुदूरपश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग

0

काठमाडौं– भाटभटेनी सुपर स्टोर प्रालिले कोरोनाभाइरस (कोभिड–१९ )को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ। भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसंँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छन् । सुदूरपश्चिम प्रदेश सरकारसंँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ।

कोरोना राहत कोषका लागि भाटभटेनीले उक्त सहयोग गरेको हो । चेक ग्रहण गर्दै मन्त्री मगरले भाटभटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद र आभार प्रकट गरेकी छन्।

Leave A Reply

Your email address will not be published.