आज काठमाडौं उपत्यकामा थपिए यति धेरै नयाँ कोरोना संक्रमित

0

काठमाडौं । नेपालमा आज सर्वाधिक कोरोना संक्रमित थप भएका छन् । यो बीचमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो ।

देशभरको कुरा गर्दा आज सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । नेपालमा गत २४ घण्टामा थप ५ हजार ८ नयाँ संक्रमित थप भएका छन् । यो सँगै कुल संक्रमितहरुको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । अर्कोतिर आज १ हजार २२९ जना निको भएका छन् । यो सँगै कुल निको हुनेहरुको संख्या ७४ हजार ५५२ पुगेको छ । आज थप १४ जनाको मृत्यु भएसँगै कुल मृतकहरुको संख्या ६१४ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.