गुमनाम बनेकी शिल्पा पोखरेल अचानक भोजपुरी चलचित्रमा देखिइन्, यस्तो छ चलचित्रको टिजर

0

काठमाडौं। नेपनली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी चलचित्रमा पाइला टेकेकी छिन् । उनले भोजपुरी चलचित्र जय शम्भु मार्फत डेब्यु गरेकी हुन् । यसै चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको छ । टिजरमा अभिनेत्री शिल्पा पोखरेल भोजपुरी कलाकार प्रदीप पाण्डेसँग देखिएकी छिन्।

अभिनेत्री शिल्पाले आफुले भोजपुरी चलचित्रमा अभिनय गरेको बारे सामाजिक सञ्जालमा जानकारी गराएकी छिन् । सोनु खत्रीको निर्देशन रहेको यस चलचित्रमा शिल्पा पोखरेल, प्रदीप पाण्डे, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिती भने सार्वजनिक गरिएको छैन । आफ्ना पतिसंगको पारिवारिक स म स्याका कारण गुमनाम जस्तै बनेकी शिल्पा भोजपुरी चलचित्रमा झुल्किएकी हुन्। छवि ओझासंग विवाह गरेको थाहा नहुँदै उनको सम्बन्ध विच्छेदको कुरा बाहिर आएको थियो । घरेलु हि सामा परेको भन्दै शिल्पाले छवि वि रु द्ध उजुरी दिएकी थिइन्।

सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्मबाट नेपाली अभिनेत्री शिल्पा पोखरेलले भोजपुरीमा डेब्यू गरेकी छन् । शनिवार सार्वजनिक भएको फिल्मको एक्सन प्याक्ड टिजरमा उनलाई पनि स्थान दिइएको छ । यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो।

फिल्म ‘जय शम्भु’ मा अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् । यस वर्षको साउनमा आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मु द्धा चलिरहेको समयमा शिल्पाले यो फिल्मको छायांकन गरिरहेकी थिइन्। उनले आफ्नो डेब्यू भोजपुरी फिल्मलाई लिएर उत्साहित रहेको फेसबुकमा टिजर साझेदार गर्दै बताएका छन्।

फिल्ममा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई नेपाली छायाँकार हरि लामाले खिचेका हुन्। त्यस्तै, ‘जय शम्भु’ मा नेपाली फिल्मका द्व न्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा छ । टिजर सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन।

Leave A Reply

Your email address will not be published.