बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन

0

बेलायत । बेलायतमा कोरोनाको संक्रमणका कारण नेपाली चेलीको निधन भएको छ । पोखरा घर भइ सडवरी टाउनमा बस्ने पुष्पा घलेको कोरोना भाइरस संक्रणका कारण शनिबार निधन भएको बेलायतबाट सञ्चालित वीनेपाली अनलाइनले लेखेको छ ।

केयर होममा कार्यरत अन्दाजी ३९ वर्षीया घले ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी श्वास प्रस्वासमा समस्या आएपछि नर्थवीक अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल पुगेको ४ घण्टापछि उनको मृत्यु भएको थियो । अस्पतालले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

१० वर्षदेखि श्रीमानसँगै लन्डनको सडवरी टाउनमा बस्दै आएकी घलेको छोरा १ वर्षको मात्रै रहेको बताइएको छ । उनको मृत्यु भएसँगै उनको परिवार पनि आइसोलेसनमा बसेको छ । परिवारको अवस्था सामान्य रहेको बताइएको छ । घलेको निधनसँगै बेलायतमा कोरोना संक्रमणका कारण दर्जनको मृत्यु भइसकेको बताइएको छ । शनिबार नै स्याङजाका यम बहादुर मल्लको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.