भाइलाई आईजीपी बनाउन प्रधानमन्त्रीमाथि राष्ट्रपतिको द’वाब, खनालबि’रुद्ध ठुलो ष’ड्य’न्त्र !

0

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई हटाएर नयाँ आईजीपी बनाउन एउटा गिरोहले खेल शुरु गरेको रहस्य बाहिर आएको छ ।

अबको चार महिनापछि अनिवार्य अवकासमा जान थालेका खनाललाई हटाउन प्रहरीभित्रकै गिरोह सक्रिय भएको हो । नेपाली प्रहरीभित्र राम्रो कामको थालनी गरेका आईजीपी खनाललाई हटाएर आफू आईजीपी बन्ने योजना बनाएका पहिलो नम्बरका एआईजी पुष्कर कार्कीले सबै षड्यन्त्र गरेको उच्च स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका एआईजी कार्कीलाई आईजीपी बनाउन खनाललाई हटाउन खोजिएको चर्चा छ । उच्च श्रोतका अनुसार, कार्कीलाई आईजीपी बनाउनका लागि केहि दिन पहिला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई शितल निवासमा बोलाएर कार्कीलाई जसरी पनि आईजीपी बनाउन दवाब दिएका थिए । शुरुवाती दिनमा पनि कार्कीलाई आईजीपी बनाउन राष्ट्रपतिले ठुलै योजना बनाएकै थिईन ।तर, सफल हुन् सकेन । राष्ट्रपतिको दवावका बीच तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्बेन्द्र खनाललाइ नियुक्ति दिएका थिए ।

भोजपुर गृहजिल्ला भएकी राष्ट्रपति भण्डारी र कार्कीबीच दिदि-भाइको नाता पर्छ । राष्ट्रपति भण्डारीको फुपुको छोरा हुन् पुस्कर कार्की । आईजीपी खनालले पूरा समय काम गर्न पाउने हो भने एआईजी कार्कीले पनि अनिवार्य अवकास पाउनेछन् ।

उता, नेपाल प्रहरीका आइजीपी खनालले थाइल्याण्डमा भएको सुरक्षा सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभालसँग हात मिलाएर आतंकवादविरुद्ध ऐक्यवद्धता जनाएको विषयले उनलाई विभिन्न खालका आक्षेपहरू लागेका छन् । भारतलाई साथ दिएको आरोप खेप्दै आएका खनाललाई हटाउन भारत र चीनले पनि असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।आईजीपी खनाललाई अनावश्यक रुपमा भारतसँग जोडेर बदनाम गर्न खोजेको आरोप पनि छ ।

आईजीपी खनाल कुनै छिमेकी देशविरुद्ध नेपालको भूमि प्रयोग नहोस् भन्ने स्प्रीटमा काम गर्दै आएको चर्चा छ । खनालको कामलाई धेरैलाई मन परेको छैन ।

खनाललाई सिधै हटाउन नसकिने भएपछि कुनै तुक नरहेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रहरी मुख्यालयमा भित्र्याइएको छ । अख्तियारले प्रहरी मुख्यालयबाट अनियमितताको कागजपत्र कब्जा गरेको छ ।

अबको केही दिनभित्रै अख्तियारले आईजीपी खनालविरुद्ध अप्रिय निर्णय लिन सक्नेछ । त्यसो भयो भने खनाललाई विदा लिनुपर्ने अवस्था पनि आउन सक्छ । अख्तियारलाई यत्तिकै प्रहरी मुख्यालयमा नभित्र्याइएको धेरैको आशंका छ ।

आईजीपी खनाललाई कुनै जानकारी नै नदिएर तीन जना एआईजीहरूको मन्त्रिपरिषदले सरुवा गरेपछि झन् त्यसलाई पुुष्टि गरेको छ । सरुवा हुनेमा एआईजी पुष्कर कार्की, धिरु बस्नेत र ठूले राई रहेका छन् ।

Leave A Reply

Your email address will not be published.