अचानक कर्फ्यू जारीले जनजीवन प्रभावित

0

काठमाडौ । चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन्। तर अचानक कर्फ्यू जारीले जनजीवन प्रभावित भएको छ ।

जारी निषेधाज्ञाअनुसार दसैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ। चाडपर्व मनाउँदा एकाघरमा बसोबास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ। अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ।

“घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुदलगायत क्रियाकलाप गर्न पाइने छैन,” निषेधाज्ञामा उल्लेख छ।

यस्तै निषेधाज्ञामा माप उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मापसे गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारीसाधन चलाउने कार्य गरेको पाइए कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।

चाडपर्वका अवसरमा जुवातास र गैरकानुनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ।

राजमार्ग छेउछाउका खुलारूपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने सामान खरिद तथा उपभोग नगर्नसमेत उपभोक्तालाई सुझाव दिइएको छ। ध्वनि प्रदूषणलगायत कुनै पनि चर्को स्वरमा माइक बजाउने कार्यमा पूर्णरूपमा रोक लगाइएको छ।

राजमार्गलगायत कुनै पनि स्थानमा सवारीसाधन अवरोध गरी चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.