ओखलढुंगामा देखिएको यस्तो डरलाग्दो दृश्यले सबैको होस उडायो

0

काठमाडौं । पोखरीमा डुबेर २२ वटा बाँदर मरेका छन् । १२ को जीवितै उद्धार गरिएको जनाइएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ सानीटारमा बिहीबार साँझ सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका हुन् । १२ वटाको स्थानीय र वन डिभिजन कार्यालयका कर्मचारीले जीवितै उद्धार गरेका छन् ।

सिंचाइका लागि निर्माण गरिएको सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए । पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे । तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दाखेरि डुबेर मरेको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

एउटा डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुन सक्ने जनाइएको छ । बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ । स्थानीय मिनप्रसाद दाहाल र विकास विशंखेले सुरुमा बाँदर पोखरीमा पसेको देखेका थिए ।

Leave A Reply

Your email address will not be published.