गोल खाएपछि खेलाडीलाई कुटेर मारे साथीहरूले
अफ्रिकी मुलुक युगान्डामा शनिवार एक फूटबल खेलका क्रममा डिफेन्समा गल्ती हुँदा गोल खाएपछि चर्चिल ओवासी नामक खेलाडीलाई उनका साथीहरूले कु’टीकु’टी मा’रेका छन् ।
लामवो जिल्लामा भएको उक्त घटनामा २२ वर्षका ओवासीले डिफेन्डमा ठूलै भूल गरेपछि साथीहरू आक्रोशित भएका थिए ।
उनीहरूले ओवासीलाई मुक्का र लात बर्साएका थिए ।
खेल सकिएपछि उनीहरूले ओवासीलाई कु’टपिट गरे अनि उनले आफूमाथि आक्रमण गर्ने एकजनालाई साइकलबाट लडाइदिए ।
त्यसपछि उनीमाथि थप कु’टपिट भयो र उनलाई अनेकौं चोटपटक लाग्यो ।
उनलाई अस्पताल लगियो तर चिकित्सकहरूले बचाउन सकेनन् ।
दुई दाजुभाइलाई घटनाको आरोपितका रूपमा पक्राउ गरेर हिरासतमा राखिएको छ ।