‘सरकारले अब संक्रमितकाे संख्या गन्ने बाहेक केहि नगर्नु’

0

काठमाडौँ – कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचारबाट सरकार पछि हटेपछि चर्को आलोचना भएको छ। सरकार पछि हटेसँगै कोरोना भाइरस परीक्षण देखि अस्पताल भर्ना र उपचारका खर्च संक्रमित आफैंले बेहोर्नपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय हो।

यस विषयलाई लिएर सामाजिक संजाल र मिडियामा सरकारको आलोचना भइरहेको छ। यस विषयमा अन्य वुद्धिजीवी, राजनीतिक दलका नेताहरु मात्र नभई सर्वसाधारणले पनि सरकारको आलोचना गरिरहेको अवस्था छ।

यसै बीच सरकारको उक्त निर्णय पश्चात नेपाली कांग्रेसक नेता तथा सांसदले पनि सरकारको आलोचना गरेका छन्। थापाले सामाजिक संजाल मार्फत सरकारको आलोचना गरेका हुन्।

नेता थापाले काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु भनेर भन्ने भन्दा पनि ‘सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ’ भनेर भनेको भए उचित हुन्थ्यो भन्दै कटाक्ष गरेका छन्।

नेता थापा फेसबुकमा लेख्छन्,”स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु”! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् – सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ। “

Leave A Reply

Your email address will not be published.