इमरान खानकी पूर्वपत्‍नी भन्छिन्: इमरान खानको उल्टो गन्ती सुरु भयो

0

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्वपत्‍नी रेहम खानले इमरानलाई कठपुतली भएको आरोप लगाइन् ।

साथै इमरानको पछिल्लो भूमिकाप्रति उनको गुनासो छ । भारतीय मिडियासँग कुराकानी गर्दै रेहमले इमरानलाई सेनाको प्रवक्ता भएको समेत आरोप लगाइन् ।

‘जसले कठपुतली चुन्छ उनीहरुविरुद्ध विरोध भइरहेको छ । सवाल ११ पार्टीहरुको मात्रै हेन । उनीहरु सबै लोकतन्त्र चाहनेहरुको विरोध हो । जे हिजो राति कराँचीमा देखियो । पाकिस्तानका पूरै जनता उनको विरुद्ध छन् । इमरान खान आर्मीका प्रवक्ता हुन्,’ रेहमले भनिन् ।

यस्तै चुनावमा भोट पूरै चोरी भएको समेत उनको आरोप थियो । यतिबेला पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै ११ विपक्षी दलहरुले आन्दोलन गरेका छन् । चरणवद्ध आन्दोलन अन्तर्गत उनीहरुले आइतबार विशाल र्‍याली गरेका थिए ।

यसै क्रममा इमरानकी पूर्वपत्नी रेहमानले समेत उनको कार्यशैलीको विरोध गरेकी हुन् । रेहमले उनी एक खेलाडी भएको र जसले कहिल्यै दबाब झेल्न नसक्ने अनुभव समेत सुनाइन् । साथै अब उनको उल्टो गणना सुरु भएको रेहमको दावी छ ।

अक्टोबर २०१५ मा रेहम खान र इमरान खानबीच सम्बन्ध बिच्छेद भएको थियो । रेहम पाकिस्तानी मूलकी बेलायती नागरिक हुन् । २०१८ मा रेहमले आफ्नो पुस्तकमार्फत इमरानबारे केही रहस्योद्घाटन समेत गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.