ट्यांकरबाट पम्पमा पेट्रोल खन्याउने क्रममा आगलागी

0
रूपन्देही, ४ कात्तिक । भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएकाे छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेकाे एभरेष्ट आयल सप्लायर्समा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको हाे ।

सोमबार राति पौने ८ बजे लु २ ख १५४१ नम्बरको ट्यांकबाट उक्त पेट्राेल पम्पकाे ट्यांकीमा इन्धन खनाउने क्रममा  एक्कासि आगाे लागेकाे जनाइएकाे छ । आलगागीबाट ट्यांकर पूर्णरुपमा जलेर नष्ट भएको रुपन्देही प्रहरीले जनाएकाे छ । साथै उक्त ट्यांकरमा रहेकाे ३० हजार लिटर डिजल पनि जलेर नष्ट भएको छ ।

साे क्रममा मानवीय क्षति नभए पनि इन्धन खन्याउने मेसिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएकाे प्रहरीकाे भनाइ छ । आगाे नियन्त्रणमा लिन सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट दमकल गएका थिए, राति अबेर आगलागी नियन्त्रणमा लिइएकाे जनाइएकाे छ । दमकल समयमै पुगेकाले अन्य वरिपरिका घरमा आगाे लाग्नबाट भने जाेगाउन सकिएकाे प्रहरीकाे भनाइ छ ।

Leave A Reply

Your email address will not be published.