६१ वर्षीय अभिनेता सञ्जय दत्तले जिते क्यान्सर
काठमाडौँ, ४ कात्तिक । बलिवुड अभिनेता संजय दत्तले क्यमन्सरलाई परास्त पारेका छन् । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तको उपचार अहिले ठिक तरिकाले भएको र छिट्टै ठिक हुने बताइएको छ ।संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका छन् ।भारतीय मिडियाहरुले भने संजय दत्त क्यान्सरबाट मुक्त भइसकेको दाबी गरिएको छ । दत्त निकटहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले दत्त क्यान्सर मुक्त भएको बताइएको छ ।