अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले रंगशालालाई अस्थायी अस्पताल बनायो

0

एजेन्सी, ४ कात्तिक । कोरोनाभाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई अस्पतालमा रुपान्तरण गरेको छ । पोल्याण्ड सरकारले राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय गरेकाे हाे।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

तीन करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.