जनताको चाहना बमोजिम कोरोना परीक्षण सशुल्क, सर्बोच्चको निर्णयप्रति सरकार संवेदनशील

0

काठमाडौं, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र इच्छा अनुसार नै कोरोना परीक्षणमा सक्नेलाई शसुल्क तथा विपन्नलाई निशुल्क गरिएको बताउनुभएको छ ।

जनताले पाउने स्वास्थ्य सेवा दिनबाट सरकार पन्छिएको भन्दै जनस्तरबाट बिरोध भएपछि त्यसको प्रतिवाद गर्दै आज भिडियो सन्दैश दिनुभएका मन्त्री ढकालले जनताको चाहना अनुसार नै परीक्षण शुल्क लिने निर्णय गरिएको बताउनुभयो । उहाँले जनताका चाहना, निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शुल्क लिने निर्णय भएको प्रष्ट पार्नुभयो ।

सरकार नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउन प्रतिबद्ध रहेको बताउदै पछिल्लो निर्णय पनि यसको प्रतिफल रहेको मन्त्री ढकालको दावी छ । त्यस्तै कोरोना परीक्षण शुल्क लिने सरकारको निर्णय नागरिकको संवैधानिक अधिकारको बिपरित भएको सर्वोच्चको ठहर प्रति पनि सरकार शवेदनशील भएको मन्त्री ढकालले बताउनुभयो ।

केहीदिन अघि सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना वीमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय भएको तर अन्यले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो ।

सरकारको याे निर्णय प्रति सत्तारुढ नेकपाकै प्रभावशाली नेता तथा प्रतिपक्षी दलका नेपाली काँग्रेसले पनि बिराेध जनाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.