हास्यकलाकार दिपकराज गिरीको आज जन्मदिन
काठमाडौं – चर्चित हास्यकलाकार तथा अभिनेता दिपकराज गिरीको आज जन्मदिन परेको छ । आज बैशाख १ गते उनले आफ्नो जन्मदिन मनाउदैछन् । कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अभिनेता दिपकराजले आज आफ्नो जन्मदिन घरमै मनाउदैछन् ।
उनलाई आज विहानैदेखि शुभकामनाको ओइरो लागेको छ । उनी हास्यकलाकार मात्र नभई निर्माता, निर्देशक र चलचित्र वितरक पनि हुन् । उनको चलचित्र वडा नम्बर ६, छ एकाने छ, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३ र छ माया छपक्कै निकै चर्चित छन् ।