वर्ष २०७७ : बालबालिकालाई यी १४ कुरा सिकाउन नबिर्सनुहोस् !

0

काठमाडौं – नेपाली नयाँ वर्ष २०७७ सुरु भइसकेको छ । १२ महिनामा घुमेर आएको नयाँ वर्षको सुरुवातको यो हप्तालाई संकल्पको समय पनि भनिन्छ । हुन त कुनैपनि राम्रो काम गर्नको लागि दिन साईत कुर्नुपर्दैन ।

तरपनि नयाँ वर्षको आगमनले छुट्टै उर्जा लिएर आउँछ । त्यस्तो शक्तिले मानिसको सोचमा परिवर्तन आउँछ। हरेक वर्ष मानिस थप परिपक्व बन्दै जान्छ । यसवर्ष गल्ती नै भएको भएपनि सही तर बालबालिकालाई मायाले केही कुरा सिकाउनुभयो भने उनीहरुले बिस्तारै दृढ संकल्प भएको तपाईको सिकाइ अनुसरण गर्न सक्छन् । भित्तामा राखेको क्यालेन्डर फेर्नु मात्रै नयाँ वर्ष होइन ।

यसदिन अघिल्ला वर्षको समिक्षा गरी कमीकमजोरी औंल्याउँदै नयाँ संकल्प गर्न सकिन्छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । भोलिका मार्गदर्शक हुन् । अभिभावक हुन् । हर्ताकर्ता हुन् । त्यसैले आजैबाट आफ्नो परिवारमा भएका बालबालिकालाई आनीबानी, बोली र व्यवहार सिकाउन ढिलाई नगर्नुहोस् ।

– बोलिचाली -आनीबानी र सही व्यवहार -उपयुक्त आहारव्यहार खानपान -वातावरणीय प्रदुषणबारे ज्ञान -प्रविधिको फाइदा बेफाइदा -आफ्नो देशबारे -‘नो जंक फूड’ -स्वीकार्यताको नियमबारे – सम्झौता गर्न -दान, सेवा भाव, सहयोग -दृढ संकल्प -साँचो बोल्ने -कर्म गर्नुपर्छ भन्ने ज्ञान -सकारात्मक सोच तपाई र तपाईको बालबालिकाको यो वर्ष शुभ बितोस् ।

Leave A Reply

Your email address will not be published.