ट्रम्पकाे अर्काे फण्डा : बाइडेनविरुद्ध अनुसन्धान शुरु गर्न चीनसँग पनि आग्रह

0

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई युक्रेनले जस्तै विपक्षी दलका नेता जो बाइडेनविरुद्ध अनुसन्धान शुरु गर्न आग्रह गरेका छन् ।

विपक्षी दलले डेमोक्रयाटिक पार्टीले आफ्नो राजनीतिक प्रतिस्पर्धीविरुद्ध अनुसन्धान गर्न युक्रेनलाइ दबाब दिएको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाएको समयमा ट्रम्पले चीनसँग यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले चीन र युक्रेनले विपक्षी दल डेमोक्र्याटिक पार्टीका राष्ट्रिपति पदका सम्भावित उम्मेदवार बाइडेन र उनको छोरामाथि अनुसन्धान गर्नुपर्ने बताए । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा बाइडेन विपक्षी दलका उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

ट्रम्पले भनेका छन्– ‘चीनले बाइडेनविरुद्ध अनुसन्धान शुरु गर्नुपर्छ ।’ यसअघि ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग भएको टेलिफोन संवादमा बाइडेनविरुद्ध भ्रष्टाचारको विषयमा अनुसन्धान शुरु गर्न आग्रह गरेका थिए ।

युक्रेनलाई दिने सैन्य सहयोग खोल्ने विषयलाई ट्रम्पले अनुसन्धानसँग जोडेका थिए । ट्रम्पको यो आग्रहलाई विपक्षी दलले आफ्नो विपक्षीको चरित्र नराम्रो बनाउन विदेशी शक्तिको सहयोग लिएको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया शुरु गरेको छ ।

Leave A Reply

Your email address will not be published.