अझै दुई हप्ता ‘लकडाउन’ थप्दै मोदी, यस्तो छ भोलीको तयारी !

0

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरी एकपटक मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको कार्यालयले मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिइएको छ ।

गत मार्च २५ देखि जारी २१ दिनको लकडाउन सकिन एक दिन अघि मोदीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । मोदीले लकडाउनको अवधि बढाउने घोषणा गर्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसको महामारीका बीच लकडाउन चलिरहदा मोदीले पटक पटक सम्बोधन गरेर आम जनतालाई कोरोनाबाट बच्न सामाजिक दुरी बनाउन अपिल गर्दै आएका छन् । भारतीय मिडियाका अनुसार सरकारले अप्रिल ३० सम्म लकडाउनको अवधि बढाउने तयारी गरेको उल्लेख गरेका छन् ।

भारतमा केन्द्र सरकारले लकडाउनको अवधि नथप्दै कैयौं राज्यले लकडाउनको अवधि बढाईसकेका छन् । यसरी लकडाउन बढाउने राज्यमा पंजाव, पश्चिम बङ्गाल, तेलंगाना, महाराष्ट्र र उडीशा राज्यले लकडाउनको अवधि अप्रिल ३० सम्म बढाईसकेका छन् । भारतमा अहिलेसम्म ९ हजार १५२ जना संक्रमित भएका छन् भने अहिलेसम्म ३०८ जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.