लोकप्रिय नायक निखिल उप्रेतीको आज जन्मदिन, सञ्चिताले दिइन् यसरी शुभकामना, कति वर्षमा लागे निखिल ?

0

काठमाडौ, बैशाख १ – लोकप्रिय नायक निखिल उप्रेतीको आज जन्मदिन परेको छ । नयाँ वर्षको दिन अर्थात बैशाख एक गते सर्लाहीको पिपराभित्तामा जन्मिएका निखिलको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।

आजबाट उनी ४५ औं बर्ष लागेका छन् । पिंजडा फिल्ममा धमाकेदार एक्सन देखाएपछि रातारात चर्चामा आएका निखिल नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। पहिलो चलचित्र पिंजडाबाट चलचित्र क्षेत्रमा पाइला टेकेका उनि पछिल्लो समय चलचित्रआयो भैरवमा देखा परेका छन् । पहिलो विवाह कोपिला उप्रेतिसंग गरेका उनले त्यसपछि चर्चित नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि उनी करिब ५ वर्ष भारत पलायन भए । भारतबाट फर्किएपछि फिल्म अभिनय, निर्माण र निर्देशनमा फर्किएका निखिल अहिले फेरी ब्यस्त छन् ।

रुद्र, पिंजडा ब्याक अगेन, भिलेनलगायतका चलचित्रहरुपछि निखिलले पछिल्लो समय चलचित्र ‘आयो भैरव’का मा देखा परेका उनले उनले हालसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् । उनको एक्सनको अहिले पनि नेपालमाा तारिफ हुन्छ । जन्मदिनको दिन पत्नि संचिताले दिइन् यसरी शुभकामना ।

Leave A Reply

Your email address will not be published.