सलमान खानको दबंग ३, नौ सहरमा एकैसाथ ट्रेलर रिलिज हुने

0

सलमान खानको नयाँ फिल्म दबंग ३को ट्रेलर रिलिज गर्न निर्माण पक्षले भव्य कार्यक्रमको तयारी गरेको छ। अक्टोबर २३मा मुम्बइमा एक भव्य कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिने निर्माण पक्षले जनाएके छ।

त्यो कार्यक्रममा सलमान खान चुलबुल पाण्डेकै भूमिकामा देखिनेछन्। मुम्बइमात्रै होइन, यो सिनेमाको ट्रेलर भारतका विभिन्न ९ सहरहरुमा एकैसाथ लन्च गरिनेछ। चेन्नई, बैंगलोर, हैदरावाद, दिल्ली, जयपुर, कोलकाता, अहमदावाद, लखनउ तथा इन्द्रौर जस्ता सहरहरुमा फिल्मको ट्रेलर एकैसाथ रिलिज हुनेछन्।

कार्यक्रममा सलमानले भिडियो कन्फ्रेन्स गरेर आफ्ना शुभेच्छुकहरुसँग पनि कुराकानी गर्नेछन्। यो सिनेमाका लागि सलमानले खुब मेहनत गरेर आफ्नो तौल घटाएका छन्। किनकि यो सिनेमामा चुलबुल पाण्डेको युवा अवस्थामा पनि देखिनेछन्।

फिल्ममा सोनाक्षी सिन्हा, अरबाज खान, माही गिल, पंकज त्रिपाठी, नवाब शाहजस्ता कलाकारहरु पनि छन्। यो सिनेमाको भिलेनको भूमिकामा साउथ फिल्मका सुपरस्टार किच्चा सुदीप छन्। उनी ‘बल्ली’को भूमिकामा छन्। एजेन्सी

Leave A Reply

Your email address will not be published.