लिभरपुल र म्यानचेस्टर युनाइटेडकाे १-१ गाेलकाे बराबरी

0

एजेन्सी । इङ्लीस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले घरेलु टिमसँग बराबरी खेलेको हो । खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८५ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । यस्तै खेलको ४४ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गरे पनि भीएआर रिभ्युले त्यसलाई गोलको मान्यता दिएन । मानेले बल कन्ट्रोल गर्दा ह्यान्ड गरेका थिए ।

युनाइटेडसँग बराबरीमा रोकिएपनि लिभरपुलले शीर्ष स्थान र लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । ८ खेल जित र एक खेलमा बराबरी गरेको लिभरपुलको नौ खेलबाट २५ अंक भएको छ । ९ खेलमा १० अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ ।

Leave A Reply

Your email address will not be published.