‘खुसी जनता-स्मार्ट सिटी’ अभियान : सबै ट्याक्सीमा सिसी क्यामेरा जडान

0

दुबई, ४ कात्तिक । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसी क्यामेरा जडान गरेको छ ।

ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ


दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासा सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उनले जानकारी दिए । दुबईले हाल ‘खुसी जनता-स्मार्ट सिटी’ अभियान सञ्चालन गरिरहेको छ

Leave A Reply

Your email address will not be published.