कोरोना निर्मुलको विकल्प भ्याक्सीन नै हो, स्वाइनफ्लुभन्दा यो १० गुणा खतरनाक: डब्लुएचओ

0

काठमाडौं, ०२ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कोभिड १९ स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको जनाएको छ ।

संगठनका प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियससले पत्रकार सम्मेलन गर्दै स्वाइनफ्लुभन्दा कोरोना भाइरस १० गुणा खतरनाक भएको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसको महामारी प्रभावकारी भ्याक्सीनविन अन्त्य नहुने बताउनुभयो ।

कोरोना भाइरस विश्वभरबाट निर्मुल गराउन भ्याक्सीनको विकल्प नरहेको संगठन प्रमुख डाक्टर गेब्रियससको ठहर छ । उहाँले २००८ मा फैलिएको स्वाइनफ्लु स्मरण गर्दै भन्नुभयो- ‘त्यो भन्दा कोरोना भाइरस १० गुना खतरा छ ।’

Leave A Reply

Your email address will not be published.